काठमाण्डु – नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाण्डुमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनर्निर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर गर्दै, भावना अनुसारको काम गर्ने अभ्यासमा विकास विकास गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘नागरिकको भावनाको उच्च कदर गर्दै सकल दर्जाका प्रहरी कर्मचारीहरूले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्नुहोस् भन्ने निर्देशन दिन चाहन्छु । आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिन चाहन्छु ।’
उनले कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरूलाई ढुंगामुढाले प्रस्तुति गर्ने अभ्यास सुधार गर्न जरुरी रहेको पनि बताए ।
आफ्नै इतिहास मेट्ने मुलुकको नागरिकको रूपमा होइन, शान्तिप्रेमी, विकासपे्रमी र कानूनी शासन चाहने नागरिकका रूपमा सबैतिर चित्रित हुन जरुरी रहेको पनि उनको भनाइ छ ।
उनले भने, ‘कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरूलाई ढुंगामुढाले प्रस्तुति गर्ने हाम्रो अभ्यास सुधार गर्न जरुरी छ । आफ्नै घर जलाउने, इतिहास मेट्ने मुलुकको नागरिकको रूपमा होइन, शान्तिप्रेमी, विकासप्रेमी, उन्नतिप्रेमी, कानून कार्यान्वयन गर्ने र कानूनी शासन चाहने नागरिकका रूपमा हामी सबैतिर चित्रित हुन सकौं भन्ने कामना छ ।’




प्रतिक्रिया