प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा गीति रचना प्रतियोगिता

प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा गीति रचना प्रतियोगिता


काठमाण्डु – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ७०औं वार्षिकोत्सव २०८२ को अवसरमा ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान’को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुकलाई सहभागिताको लागि आह्वान समेत गरेको छ । जसमा ईच्छुकहरूले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगञ्जस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको वेबसाइटमा राखिएको छ ।