काठमाण्डुु – नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले एसपी पदमा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल छन् । डीएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामतीलाई समेत बढुवा सिफारिस गरिएको छ ।
डीएसपीहरू हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारती पनि बढुवा सिफारिसमा परेका छन् ।






प्रतिक्रिया