काठमाडाैँ—प्रहरी जवान राजेश द्विवदी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत उनी चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका हुन्।
उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रहरी जवान द्विवेदीले बिहीबार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको तीन हजारको एउटा तथा चार हजारको अर्को चेक सदर गरी पुनः तीन हजारको चेकलाई ३० हजार तथा चार हजारको चेकलाई ४० हजार लेखेर बैंकको काउण्टरबाट ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताए।




प्रतिक्रिया