काठमाण्डु– प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
आइतबार सूचना जारी गर्दै कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १२ जना प्रहरीलाई सम्पर्कमा आउन भनेको हो ।
२ जना हबलदार, ९ जना प्रहरी जबान र १ जना कार्यालय सहयोगी सम्पर्कविहीन भएका हुन्।
गत मंसिर देखि यता विभिन्न मितिमा आफूखुसी कार्यालयमा गैरहाजीर रहेको भन्दै कार्यालयले एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ।





प्रतिक्रिया