२१ डीएसपीको काज सरुवा, को कहाँ पुगे ? (नामसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालयले २१ डीएसपीको काज सरुवा गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डिएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराई आएका छन् ।

कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन् ।

प्रहरी मुख्यालयको केन्द्रिय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ । लहानमा कार्यरत डीएसपी भेषराज रिजाल गोरखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement