खेल हेर्न पुगेका समर्थकमाथि प्रहरीले लाठी बर्सायो

खेल हेर्न पुगेका समर्थकमाथि प्रहरीले लाठी बर्सायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार फुटबलको फाइनल खेल हेर्न पुगेका समर्थकमाथि प्रहरीले लाठी बर्साएको छ ।

फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदैछ । इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाको गेट बाहिर नारावाजी गरेका छन् ।

जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् । सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ । प्रहरीले एक समर्थकलाई घेरा हालेर कुटपिट गरेको छ ।