काठमाडौं – नेपाल प्रहरी अस्पतालको एआईजी (मेडिकल डाइरेक्टर) पद आजदेखी रिक्त भएको छ । अस्पतालकी एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि शुक्रवार उनको बिदाइ गरिएको हो ।
थापाको अवकाशपछि वरिष्ठ डीआईजी डा. मिनराज पाठकले शुक्रवार नै नेपाल प्रहरी अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी पाएका छन् ।
सरकारले वरिष्ठतामा अगाडी रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई केहिदिनमै एआईजीमा बढुवा गरेर अस्पतालको मेडिकल डाइरेक्टरको पुर्ण जिम्मेवारी दिने तयारी थालेको स्रोतको दावी छ ।
मेडिकल डाइरेक्टर (एआईजी) नियुक्त भए डा. पाठकले करिब चार बर्ष नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।




प्रतिक्रिया