काठमाडौं – धनुषाका दिलीपकुमार महतोको हत्या प्रकरणमा मुछिएपछि इलाका प्रहरी कार्यालय धनुषा, ढल्केबरका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन् ।
शुक्रबार बिहान अवैध उत्खननको विरोध गर्दा कुटपिटपछि टिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोको शव मुचुल्काविनै उठाएपछि विवादमा परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको हो ।
इन्स्पेक्टर यादव ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै शव उठाउने कार्य गरेको स्थानीयहरुले आरोप लगाएँदै आएका थिए ।
त्यसपछि विवादित बनेका उनलाई आइतबार जिल्ला तानिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवादका कारण भन्दा पनि आन्तरिक कारणले जिल्ला ल्याइएको बताए ।
प्रदेश नम्बर २ का प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक प्रद्युमनकुमार कार्कीलेआन्तरिक कारणले यादवलाई जिल्ला तानिएको जानकारी दिए । उनको ठाउँमा अर्कौ प्रमुख प्रहरी निरीक्षक पठाउने तयारी छ ।
प्रहरीले यादवको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया