काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि नयाँ भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै खुला तथा समावेशीको आधारमा १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो ।
उच्छुक र योग्य उम्मेद्वारले माघ ५ गतेदेखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





प्रतिक्रिया