बर्दिया – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका–४ तुलापुरस्थित कोट्ही माविमा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको संयुक्त आयोजनामा ‘एक विद्यालय एक कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई लागूऔषध, यौन दुर्व्यवहार, साइवर क्राइम, बाल विवाह, बहुविबाह, कोरोना भाइरस लगायतका विषयमा श्रव्य–दृश्य बिधि मार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा राजापुर नगरपिका–४ राजापुर बजारस्थित अमर शहिद श्री दशरथ चन्द माबिमा, मधुबन नगरपालिका–३ कोठियाघाटमा, बढैयाताल गाउँपिका–२ फुटाहास्थित सरस्वती माबिमा, बढैयाताल गाउँपिका–५ बढैयास्थित नेपाल राष्ट्रिय ईन्दिरा भुसाल मावि मैनापोखरमा, ठाकुरबाबा नगरपालिका–६ जनता आवसिय विद्यालय तुलसिपुरमा, ठाकुरबाबा नगरपालिका–५ स्थित बन्कट्टीमा र गुलरिया नगरपिका–१ शंकरबस्तीस्थित गणेश बिद्या मन्दिर आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई कोरोना भाइरस सम्बन्धि सचेतनामूलक कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।




प्रतिक्रिया