कोटेश्वर प्रहरी प्रभागद्वारा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम आयोजना

कोटेश्वर प्रहरी प्रभागद्वारा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शान्ति सुरक्षा अमनचयन गर्न कोटेश्वर प्रहरी प्रभागले होटेल व्यवसायीहरुलाई बोलाएर समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ ।

शुक्रबार भएको समुदाय प्रहरी साझेदारी कार्यक्रममा नयाँ बानेश्वर वृतका प्रमुख डीएसपी दुर्गाराज रेग्मी , कोटेश्वरकी इन्चार्ज इन्स्पेक्टर सुभद्रा वाइवा, ३२ नम्बरका वडा सदस्य राजेन्द्र न्यौपाने, कर अधिकृत केशर थापा, ब्लोदान काठमाडौंका अध्यक्ष भाई जनक खड्का, पदम कुमार रेग्मी, असई राजेन्द्र पुजारा, नेपाल जेसिसकी रोजीनामा जैगम र होटेल व्यवसायीहरुसँगै सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रभागले अर्को पटक होटलका कामदाहरुसँग पनि छलफल गर्ने जनाएको छ ।