असइको नतिजा सार्वजनिक, ३३० जना उत्तीर्ण (सूचीसहित)


काठमाडौं– नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असइ) पदको परीक्षामा ३ सय ३० जना सफल भएका छन्।

प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार ३ सय १४ जना खुला प्रतिस्पर्धा र १६ जना समावेशी कोटा गरी ३ सय ३० जना उत्तीर्ण भएका हुन्।

असईका लागि २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन प्रकाशित गरिएकोमा अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशन भएको हो।

उत्तीर्ण भएकालाई असार २७ गते बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न प्रहरी प्रधान कार्यालयले भनेको छ।

पूरा नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस
Advertisement