टिकटक भिडियो बनाउने नेपाल प्रहरीका सईमाथि कारबाही

टिकटक भिडियो बनाउने नेपाल प्रहरीका सईमाथि कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज सई रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।

प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ ।

बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्य प्रहरीविरुद्ध पनि अनुसन्धान भइरहेको प्रहरी आयुक्त विश्वराज पोखरेलले जानकारी दिए ।