कतार प्रहरीमा एक सय ७९ जना नेपाली भर्ती

कतार प्रहरीमा एक सय ७९ जना नेपाली भर्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो ।

उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । उनीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो ।

नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो । कतारमा झन्डै चार लाख नेपाली कामदार छन् ।

प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।