भक्तपुरमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार


भक्तपुर – भक्तपुरमा एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् ।

रामेछापको दोरम्बा–५ घर भई सूयविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले ड्युटीमा खटिएका हवल्दारमाथि चक्कु प्रहार गरेका हुन् ।

मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेको महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए । दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement