काठमाडौं – लकडाउनका बेला बिनापासको गाडी चढेर गोरखा पुगेका प्रहरी नायब निरीक्षक पीके यादवलाई प्रहरीले फिर्ता पठाएको छ ।
प्रहरीको बर्दीमै बा २१ च १२६१ नम्बरको स्कोरपियो चढेर गोरखा पुगेका सई यादवलाई बारकिलोबाट फिर्ता गरेको जिल्ला प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिए ।।
सई यादव महानगरीय प्रहरीवृत्त कमलपोखरीमा कार्यरत हुन्।
उनी नजिकका आफन्त उद्धार गर्न भन्दै बिहीबार युनिफर्ममै गोरखातर्फ गएका थिए । उनलाई गोरखा नगरपालिका ११ स्थित बारकिलोबजारमा सडक सुरक्षामा खटिएका युवाले गाडी रोकेर अघि बढ्न दिएका थिएनन् ।




प्रतिक्रिया