काठमाडाैं–प्रहरीले दसैंका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नसुरक्षा योजना सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले अाइतबार सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ३ सय ३५ जना प्रहरी परिचालन गरिने जानकारी दिए।
चाडपर्वलाई लक्षित गरि हुनसक्ने ६ घटनालाई सुरक्षा चुनौती मान्दै सुरक्षा प्रबन्ध मिलाएको हो। परिसरका अनुसार चाडपर्वमा ब्यक्तिगत, सरकारी सम्पत्तिको सुरक्षा, बजारमा हुने चोरी, ठगी र लुटपाटका लागि सुरक्षा, झै–झगडा, रातिको समयमा हुने चोरी डकैती, अवैध जुवा तथा सट्टा र ट्राफिक नियम परिपालनालाई मुख्य चुनौती मानेको छ।
यसैगरी, काठमाडाैं उपत्यका भित्रिने नागढुंगा, दक्षिणकाली, टोखा, साँगा, साँखुलगायतका नाकामा कुकुर गस्ती गरिनेछ। नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत कडा जाँच गरिने एसएसपी लामाले जानकारी दिए।
तिहारमा पटका भित्रिन सक्ने भएकाले नाकामा थप कडाई आवश्यक परेको प्रहरीले जनाएको छ। यसबाहेक राजधानीका अन्य ठाउँमा पनि आवश्यकता अनुसार कुकर परिचालन गरिनेछ। कुकुर परिचालनका लागि ७ टोली बनाइएको छ।




प्रतिक्रिया