जनकपुरधाम – प्रदेश नम्बर २ प्रहरी कार्यालयले तीनजना प्रहरीलाई कारबाही गरेको छ । प्रहरीको कर्तव्य र मर्यादा विपरीत काम गरेको भन्दै दुई जना प्रहरी सहायक निरीक्षक(असई) र एक जवानलाइ कारबाही स्वरुप निलम्बन गरिएको हो ।
हुण्डी कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परेर सघाएको प्रमाणित भएपछि दुई जना र प्रहरी आचरण विरुद्ध काम गरेका एकजनालाई कारवाही गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआजी धिरजप्रताप सिंहले जानकारी दिए ।
हुण्डी कारोबारीलाई सघाएको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरारजवाडा रौतहटमा दरबन्दी भई रौतहटकै प्रहरी चौकी औरैयामा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो ।




प्रतिक्रिया