एआइजीमा एक र एसएसपीमा दुई जनाको बढुवा सिफारिस

एआइजीमा एक र एसएसपीमा दुई जनाको बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेपाल प्रहरीको प्राविधिक समूहतर्फको एआइजी पदका लागि एक जना डीआइजीको नाम सिफारिस भएको छ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिले डीआइजी डा. दुर्गा थापालाई एआइजीमा बढुवाको सिफारिस गरेको हो। उनी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन्।

यसैगरी, प्राविधिक समूूहमै कार्यरत दुई जना एसपी एसएसपीमा बढुवा सिफारिस भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोको प्राविधिक सहयोग शाखामा कार्यरत नवीन्द्र अर्याल र केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कार्यरत डा देउती गुरुङको बढुवा सिफारिस भएको हो।