प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दज्र्यानी चिन्ह प्रदान

प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दज्र्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाइए चिन्ह प्रदान गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मंसिर ९ गतेको बैठकले उनिहरुलाई प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति गरिएको थियो ।

कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको गहन एवम् महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताए ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै कानूनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।