प्रहरी नियमावली संशोधन, अब आठ वर्षमै प्रमोशन

प्रहरी नियमावली संशोधन, अब आठ वर्षमै प्रमोशन


काठमाण्डु – नेपाल प्रहरीमा अब आठ वर्षमै प्रमोशन हुने भएको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर बाह्र बर्षमा हुने प्रमोशन ‘आठ वर्ष’ मै हुने निर्णय गरेको हो । सो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ ।

यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । अब, सो व्यवस्थालाई परिवर्तन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिनेगरी नियमावली संशोधन गरिएको छ ।

यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र इन्स्पेक्टर र इन्सपेक्टरमा पनि १२ वर्ष काम गरेपछि डिएसपीमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो । अब, सो व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको हो । इन्स्पेक्टरमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु अब डिएसपीमा स्वतः बढुवा भएर अवकाश पाउँछन् ।