स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले स्थानिय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो ।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भए पनि यसपटक भने एकैचरणमा निर्वाचन हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो ।

‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेका छौं,’ डीआईजी रवीन्द्र धानुकले भने ।उनका अनुसार कार्यालयले एक लाखकै हाराहारीमा म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव अघि बढाउने तयारी समेत गरेको छ ।

केही दिनभित्रै प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी छ । त्यस्तै आज सुरक्षा समितिको बैठक बस्दै छ । आज बस्ने बैठकले निर्वाचनका लागि आवश्यक सुरक्षाका रणनीतिहरु तयार पार्ने डीआईजी धानुकले बताए ।

प्रहरी प्रधान कार्यालयले डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरेको छ। समितिले आवश्यक कामहरू सुरु गरिसकेको उनले बताए ।

यही माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।