नेपाल प्रहरीका तीन दर्जाका ३ हजार ३८३ जनाको बढुवा सिफारिस

नेपाल प्रहरीका तीन दर्जाका ३ हजार ३८३ जनाको बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ३ हजार ३८३ जनाको बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार बिहान थपिएका तीन दर्जाका करिब २० हजार दरबन्दीमध्ये वरिष्ठ नायव निरीक्षक (सई), वरिष्ठ हवल्दार र सहायक हवल्दारका लागि उक्त सिफारिस गरेको हो ।

वरिष्ठ सईमा एक सय ९१ जना, वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ र सहायक हवल्दारमा एक हजार ७ सय ५२ जना बढुवा सिफारिस भएका छन् ।

एकैपटक बढुवा गर्दा सिनियरहरुलाई मार पर्ने भएकाले वरिष्ठताका आधारमा विभिन्न चरणमा रिक्त दरबन्दी पूर्ती गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुबहादुर केसीले जानकारी दिए ।

यी हुन वरिष्ठ सईमा बढुवा सिफारिस भएकाहरु: