प्रहरीले भन्यो- चुनावी घरदैलोमा जाँदा सगुन भनेर दिइएको खानेकुरा नखानु

प्रहरीले भन्यो- चुनावी घरदैलोमा जाँदा सगुन भनेर दिइएको खानेकुरा नखानु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात केही बेहोस हुने र केही चक्कर लागेर लड्ने जस्ता घटना घटेको पाइएको भन्दै सचेत गराएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले निर्वाचन जस्तो संवेदनशीलस समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेका छन् ।

सर्लाहीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई चुनाव प्रचारका क्रममा दिइएको खानेकुरामा विष पाइएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो ।