बेरुजु फछ्र्यौटमा नेपाल प्रहरी र सशस्त्र उत्कृष्ट

बेरुजु फछ्र्यौटमा नेपाल प्रहरी र सशस्त्र उत्कृष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई पुरस्कृत गरेको छ ।

बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षकद्वय खनाललाई पुरस्कृत गरेको हो ।

मन्त्रालयले बिहीबार दुवै खनाललाई १०/१० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट बनेको हो ।

नेपाल प्रहरीले ८८.५ र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछर्योट गरेको हो । गृह मन्त्रालय पनि ७४.४१ र अध्यागमन विभाग ८४.६२ प्रतिशत बेरुजु फछर्यौट गरेर उत्कृष्ट बनेको छ ।