पशुपतिमा जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लियो

पशुपतिमा जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले पशुपति आर्यघाटबाट जलाउन लागेको शव नियन्त्रणमा लिएको छ ।

आइतबार ललितपुर प्रहरी परिसरको टोली पशुपति आर्यघाटको शवसहित मृतकका छोरालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बाबुको मृत्यु शंकास्पद भएको भन्दै छोरा सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ । छोराले दागबत्ती दिनै लाग्दा प्रहरीले शवलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बाबुछोरबीच झगडा भएको थियो । घाइते बाबुलाई छोराले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारका लागि लगेका थिए ।

५० वर्षीय बाबु कृष्ण नेपालीको छोराको कुटपिटबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।