ललितपुर प्रहरीलाई काभ्रेका युवकको फोनः ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु

ललितपुर प्रहरीलाई काभ्रेका युवकको फोनः ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – आत्महत्या गर्ने धम्की दिने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार दिउँसो ४ बजे महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल १०० मा फोन गरेर आफू मर्ने बताउने काभ्रेका ३८ वषीृय राम कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले ‘आज राती ८ बजे सम्ममा ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु’ भनेर फोन गर्ने युवकलाई लिलितपुर प्रहरीले पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका ४ कमल पोखरी बस्ने श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेर सातदोबाटो वृतमा रहेको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।