हतियार किनबेच गर्ने समुह काठमाडौं प्रहरीको कब्जामा


काठमाडौं – प्रहरीको बिशेष टोलीले हतियार किनबेचको सूचनाको आधारमा ललितपुरको नखिपोट क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं परिसरमा कार्यरत प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले जर्मन मेड एक थान पेस्तोल, दुई थान म्यागजिन र पाँच राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापका कृष्णबहादुर जोशी, आसुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल रहेका छन् ।

पक्राउ परेको समूहले अपराधिक समुहलाई ८० हजार देखि ३ लाख रुपैयामा हतियार बेच्दै आएको स्रोतको दाबी छ । उनिहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement