२२ प्रहरी सम्पर्कविहीन,स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन

२२ प्रहरी सम्पर्कविहीन,स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन


काठमाण्डु – प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।

खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम सूचना निकाल्दा समेत कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको छ ।

“बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरसहित सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला,” सूचनामा उल्लेख छ, “अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०२ को देहाय (ख) (१) बमोजिम सेवाबाट इटाउने कारबाही हुनेछ ।”

प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित सूचनामा २२ जनाको नाम उल्लेख गरेको छ ।