अर्थमन्त्रालयद्धारा प्रहरीमा एआइजीको दरबन्दी थप्न स्विकृती प्रदान,भोली नै बढुवा प्रक्रिया अघि बढाउने तयारी

अर्थमन्त्रालयद्धारा प्रहरीमा एआइजीको दरबन्दी थप्न स्विकृती प्रदान,भोली नै बढुवा प्रक्रिया अघि बढाउने तयारी


काठमाण्डु – अर्थमन्त्रालयले नेपाल प्रहरीमा एआईजीको दरबन्दी थप्ने गृहमन्त्रालयको प्रस्तावलाई स्वीकृती प्रदान गरेको छ । नेपाल प्रहरीमा ३ जना एआइजीको दरबन्दी थप्ने प्रस्ताव अर्थले आइतबार स्वीकृत गरेको हो ।

प्रहरीमा हाल पांच जना एआइजी छन्। ३ एआइजीको दरबन्दी थप भएसंगै अव प्रहरीमा एआइजीको संख्या ८ पुग्नेछ । तीन जना एआइजीको दरबन्दी थप भएपछी अव प्रहरीमा बढुवा प्रक्रिया समेत सुरु हुनेछ ।

डीआईजीहरु धीरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त पन्त, ईश्वरबाबु कार्की,बसन्त लामा र रविन्द्र धानुक एआइजी बढुवाको लागी लविङमा छन् । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले एआइजीको बढुवा अघि बढाउन सक्ने सम्भावना छ । अर्थमन्त्री जनार्दन शर्माले धानुकलाई बढुवा गर्ने निश्चित भएपछी मात्र दरबन्दी स्वीकृत गर्ने अडान लिएको स्रोत बताउंछ ।

प्रहरीमा १५ जना एसएसपीको दरबन्दी थप्ने प्रस्ताव भने स्वीकृत नभएको बताइन्छ । सुरक्षा निकायमा आवश्यकताभन्दा पनि निकट अधिकारीलाई बढुवा गर्न दरबन्दी थप्ने चलन छ । जसको सबैतिर विरोध हुंदै आएको छ ।