प्रहरीको डिआईजी बढुवाका लागी बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल जारी

प्रहरीको डिआईजी बढुवाका लागी बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको डिआईजी बढुवाको विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा वैठक बसिरहेको छ । सरकारले नेपाल प्रहरीमा १४ जना डिआईजीको दरबन्दी राख्ने निर्णय गरेसंगै प्रहरीमा बढुवा प्रक्रिया सुरु भएको हो ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बढुवाको सुची बोकेर आउन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाएका थिए । गृहमन्त्री थापा र गृहसचिव न्यौपाने शुक्रवार ६ बजे बालुवाटार पुगेका थिए । बैठक अहिले पनि जारी रहेको छ ।

नेपाल प्रहरीमा हाल १० जना डिआईजीको दरबन्दी रिक्त छ । डिआईजी बढुवाका लागी आकांक्षीहरु धेरै हुंदा गृहमन्त्रालयलाई बढुवा गर्न सकस परिरहेको छ । गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले वरियताका आधारमा डिआईजी बढुवा गर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्री ओली र गृहसचिव न्यौपानेले भने बढुवा कार्यसम्पादनका आधारमा गर्नुपर्ने लाईनमा छन् ।

प्रहरीमा पहिलो ब्यांचबाट एसएपीहरु घनश्याम अर्याल, गणेश ऐर,पुरुषोत्तम कडेंल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, दिलिप चौधरी, देवबहादुर बोहरा र राजेशलाल कर्ण डिआईजीको लागी बढुवाको लाइनमा छन् । त्यसैगरी पछिल्लो ब्याजबाट एसएपीहरु धिरज सिंह,उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामा दौडमा छन् । एसएसपीहरु सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रविन्द्र धानुक, अरुण विसी र सहकुल थापा समेत बढुवाको लागी दौडमा छन् ।

एसएसपीहरु गणेश ऐर, घनश्याम अर्याल,ईश्वरबावु कार्की, वसन्त पन्त, उत्तम सुवेदी, वसन्त लामा,धिरज प्रताप सिंह, सहकुल थापा,अरुण विसी र रविन्द्र धानुकको डिआईजीमा बढुवा हुने सम्भावना प्रवल छ । प्रधानमन्त्री र गृह नेतृत्वको विचमा बढुवामा कुरा नमिल्दा पदपूर्ती समितिको बैठक समेत बस्न सकेको थिएन् ।

प्रधानमन्त्री ओली र गृहसचिव न्यौपानेले एसएसपी अरुण विसी र सहकुल थापालाई डिआईजीमा बढुवा गर्न खोजेका छन् । प्रहरीमा दुवै व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । शुक्रवार नै बढुवाको टुंगो लाग्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।