विप्लव प्रहरी दोहोरो ‘फायरिङ’ : सेनाको हेलिकप्टरसहित ५० जना प्रहरी खटाइयाे


काठमाडौं – सोमबार बिहान संखुवासभाको सिलिचुङ गाउँपालिका स्थित हेयाङ्लामा प्रहरी र विप्लव समूहबीच दोहोरो गोली हानाहान भएपछि सेनाको हेलिकप्टरमा थप सुरक्षाकर्मी खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट सेनाको एमआइ–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली हेयाङ्लामा पठाइएको हो ।

सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गराइएको प्रधान कार्यालयले जनाएको छ ।

विप्लव समूह र प्रहरीबीच सोमबार बिहान हेयाङ्लामा गोली हानाहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement