काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेको खुलेको छ । सीसीटीभी भिडियो फुटेजबाट मुनाको हत्या धारिलो वस्तुबाट भएको खुलेको हो ।
फुटेजमा चौधरीले मुनालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिएको प्रहरी स्रोतले जानकारी दियो । सीसीटीभी भिडियो फुटेजमा प्लास्टिकको डोरीले मुनाको हात र घाँटीमा कसेर पिर्काले टाउकोमा हानेको देखिएको छ । उनीहरुबीचको रिसिइबी के थियो भन्ने खुलेको छैन् ।
ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा सोमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए ।
मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीले कामदारले मुनामाथि धारिलो वस्तु प्रहार गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । घटनाको विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया