कञ्चनपुर – केटी विवादको विषयलाई लिएर स्थानीयवासीले कञ्चनपुरको पुनर्वासमा प्रहरी चौकीमा आगजनी गरेका छन् ।
बिहीबार पुनर्वास नगरपालिका–३ बस्ने रेनु तामाङकी १४ वर्षीया छोरी पुष्पा तामाङलाई सोही नगर ११, अमरबस्ती बस्ने १७ वर्षीय रोशन विकले भगाएको घटनाले उग्र रुप लिएको हो ।
स्थानीय प्रहरी चौकीमा केटी पक्षले उजुरी गरेपछि प्रहरीले केटा र केटी दुवै जनालाई चौकीमा ल्याई आफन्तको जिम्मा लगाउन खोजे पनि केटा पक्षले जबर्जस्ती जिम्मा लगाउन खोजेको भन्दै विवाद बढाएका थिए ।
पुष्पा तामाङले केटालाई छोड्न नमानेपछि केटा पक्षले चौकीमा विवाद गरेका थिए । स्थानीयले प्रहरी चौकीको गेटमा आगजनी गरेको प्रहरीले बताएको छ । त्यस्तै स्थानीयले भने धनगढी त्रिभुवनबस्ती चल्ने बाटो अवरोध गरेका छन् ।
प्रहरीले दिएको जानकारीअनुसार सोही विवादमा पुनर्वास नगर ११ नं. वडाका वडाध्यक्ष तुलसी अर्यालको टाउकोमा सामान्य चोट लागेको छ ।




प्रतिक्रिया