पुल्चोक झडपमा परिचालन भएका प्रहरीमा कोरोना संक्रमण

पुल्चोक झडपमा परिचालन भएका प्रहरीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार ललितपुरका पुल्चोकको झडपमा सहभागी भएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रिपोर्ट आएका १८ जना प्रहरी बिहीबारको झडपमा सहभागी भएका थिए । उनीहरुले बिहीबार भन्दा अगाडि नै स्वाव दिएको खुलेको छ ।

त्यस्तै आन्दोलनमा खटिएका १८ सहित ट्राफिक महाशाखाका १५ जना, महानगरीय प्रहरी परिसर काठमाण्डुका १५ र मेट्रोका ८ जना रहेको स्रोतले जानकारी दियो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले संक्रमित प्रहरीको संख्या बढ्न सक्ने भएकाले यसबारे बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।

बिहीबार पुल्चोकमा रथ तान्ने क्रममा झडप भएपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।