लकडाउनको नियम पालना गर्न प्रहरीको माइकिङ अभियान

लकडाउनको नियम पालना गर्न प्रहरीको माइकिङ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले एक हप्ताका लागि लकडाउन गरेपछि प्रहरीले कडाइ गरिरहेको छ ।

सरकारले लकडाउन गरेपनि सर्वसाधारणले नियम पालना नगरेपछि प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै राजधानीसहित देशका विभिन्‍न शहरी क्षेत्रमा माइकिङ गरिरहेको हो ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बाहिर निस्केका सर्वसाधारणलाई सम्झाइबुझाई घरभित्र रहन आग्रह गरिएको बताए ।

नेपालमा एक जना युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनी हाल टेकुमा उपचार गराइरहेकी छन् ।