धनुषामा दुई जना प्रहरीलाई कोरोना संक्रमण


काठमाडौं – धनुषामा दुई जना सुरक्षाकर्मीलाई नै कोरोना भाइरस संक्रमण भएको छ । आज बिहान ७२ जना संक्रमितमध्ये दुई जना धनुषाका सुरक्षाकर्मी रहेका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित प्रहरी अधिकारीहरुमध्ये ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान रहेका छन् । भने अर्का स.क्रमित भारतीय नागरिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement