इन्स्पेक्टर देवेन्द्र पाल कारबाहीमा

इन्स्पेक्टर देवेन्द्र पाल कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्। कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि उनी काठमाडौं परिसर तानिएका हुन् ।

शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको हो।