गृहमन्त्रालयले यसरी गर्दैछ प्रहरीका डिआईजीको पदस्थापना र सरुवाको तयारी

गृहमन्त्रालयले यसरी गर्दैछ प्रहरीका डिआईजीको पदस्थापना र सरुवाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको डिआईजीमा बढुवा सिफारीस भएका १० डिआईजीको पदस्थापन र अरु चार जनाको सरुवाको तयारी भएको छ । गृहमन्त्री रामबहादुर थापाले डिआईजीमा सिफारीस भएकाहरुको आईतबार मन्त्रिस्तरीय निर्णय गरेर बढुवा सदर गर्नुका साथै पदस्थापन गर्ने र सोमबार दज्र्यानी चिन्ह प्रदान गर्ने प्रहरी मुख्यालयको तयारी छ ।

सरुवाको तयारी हुनेमा डिआईजी पदमा बढुवा सिफारीस भएका घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबावु कार्की, सहकुल थापा, धिरज सिंह बसन्त कुमार लामा,रविन्द्र धानुक, उत्तमराज सुवेदी र अरुण विसी छन् । त्यसैगरी दुई नम्बर प्रदेशका प्रमुख रहेका डिआईजी प्रध्मुन कार्की र केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक रहेका डिआईजी निरज शाही पनि सरुवा हुने सुचीमा छन् । महानगरिय प्रहरी प्रमुख विश्वराज पोखरेल र हाल प्रवन्धमा रहेका डिआईजी सुर्य उपाध्यायको भने सरुवा हुने छैन् । उनिहरुको एक बर्ष नपुगेकाले सरुवा नहुने भएको हो ।

डिआईजी बढुवामा सिफारीस बिरुद्ध उजुरी दिने सात दिने समय शुक्रवार सकिएपछि गृहमन्त्रालयले बढुवाको अरु प्रक्रिया आईतबार अघि बढाउनेछ । बढुवामा चित्त नबुझेकै भन्दै केही एसएसपीहरुले उजुरी दिने तयारी गरेको भएपनि शुक्रवारसम्म भने कुनै उजुरी परेको छैन् । असारपछि डिआईजीको दरबन्दी खाली हुने र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ओएनएम गर्दा आवश्यकताका आधारमा दरबन्दी थप्ने आश्वासन दिएपछि उजुरी नपरेको स्रोतको दाबी छ ।

वरियतामा पछि रहेपनि डिआईजी बढुवामा आफ्ना ब्याचका अधिकृतलाई पछाडी पारेका सहकुल थापालाई केन्द्रिय अनुसन्धान ब्युरोमा पठाउने तयारी छ । त्यसैगरी १ नम्बर प्रदेशमा सुवेदी, २ नम्बरमा लामा, बाग्मती प्रदेशमा सिंह, ४ नम्बरमा अर्याल, ५ नम्बर प्रदेशमा धानुक, कर्णाली प्रदेशमा प्रकाशजंग कार्की, सुदुरपश्चिम प्रदेशमा पन्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अरुण विसीलाई पठाउने तयारी छ ।

२ नम्बर प्रदेशमा रहेका डिआईजी प्रध्मुन कार्कीलाई बिशेष ब्युरो, डिआईजी सुर्य उपाध्यायलाई सुरक्षा परिषद्को सचिवालय, ईश्वरबावु कार्की प्रकाशजंग कार्की, राष्ट्रिय प्रहरी प्रतिष्ठान र निरज शाहीलाई प्रहरी प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्ने गरी प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याउने तयारी रहेको गृह स्रोतको दाबी छ ।