प्रहरी हेडक्वाटरमा कार्यरत प्रहरीको २२ महिने छोरा र श्रीमतीलाई कोरोना संक्रमण

प्रहरी हेडक्वाटरमा कार्यरत प्रहरीको २२ महिने छोरा र श्रीमतीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सुर्यबिनायक नगरपालिकास्थित सिपाडोलमा एकै परिवारका तीन जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

गत श्रावण १९ गते प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि उनकी श्रीमती र छोराको स्वाब संकलन गरी परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ आएको हो ।

शनिवार ती प्रहरीका २८ वर्षीया श्रीमती र २२ महिने बालकलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

संक्रमित आमा र बालक दुईलाई थप उपचारको लागि नेपाल प्रहरी अस्पताल लगिएको छ भने प्रहरी जवानको भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।