प्रहरीद्वारा हवाई फायर, विप्लवका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ

प्रहरीद्वारा हवाई फायर, विप्लवका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।

रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई प्रकाउ गरेको हो । रुकुमको सल्लाबोटबाट डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । शर्मालाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी घाइते भएको खड्काको भनाइ छ । चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गर्ने गरेकोले शर्मालाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।