बेपत्ता मजदुरको उद्धारका लागि शसस्त्रको टोली बझाङ उड्यो

बेपत्ता मजदुरको उद्धारका लागि शसस्त्रको टोली बझाङ उड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  – बझाङको कालंगा हाइड्रोको सुरुङ भत्किएर बेपत्ता भएका मजदुरको उद्धारका लागि शसस्त्र प्रहरीको उद्धार टोली खटाइएको छ ।

बझाङको बुङ्गल नगरपालिका–१ स्थित ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम गर्ने क्रममा आइतबार दिउँसो करिब ३ बजे ३ वटा ट्याक्टर र एक जिपसहित सुरूङभित्र पसेका उनीहरु अहिलेसम्म सम्पर्कविहीन भएका छन् ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका चार जना उद्धार टोलीलाई सोमबार समिट एयरको हेलिकप्टरबाट बझाङ पठाइएको एसएसपी किशोर प्रधानले जानकारी दिए ।

सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् ।