मकवानपुर – प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मकवानपुर जिल्ला लमनहरी गाउँपालिका-९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।
शनिबार राति गाँजा बोकेको ५-६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ ।
त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो। तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।गोली हानाहान भएपछि प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ।




प्रतिक्रिया