बुटवलमा प्रहरीकै पेस्तोल खोसेर तस्करले प्रहरीलाई नै प्रहार गरेपछि…


बुटवल – बुटवलमा तस्करले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित कलश होटलमा गैँडाका खाग तस्करहरु बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहरीमाथि नै गोली चलाएका हुन् ।

प्रहरीको पेस्तोल खोसेर प्रहरीमाथि नै प्रहार गर्ने क्रममा उक्त गोली तस्करलाई नै लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । गोली लागेर घाइते भएका व्यक्तिको पहिचान भने खुलाइएको छैन । उनको चिउडोमा गोली लागेको बताइएको छ ।

सोही क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको र एक जना फरार भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement