प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला

प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतमा १ जना प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन्। कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन्।

दार्चुला घर भएका प्रहरी जवान विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको बताइएको छ। उक्त गोली आफैंले हानेको अनुमान गरिएको छ।

अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।