१९ प्रहरी सम्पर्कविहीन,सात दिनभित्र हाजिर हुन निर्देशन

१९ प्रहरी सम्पर्कविहीन,सात दिनभित्र हाजिर हुन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका १९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै १९ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।