प्रहरीका पुर्व एआइजीद्धारा सशस्त्र प्रहरी हवल्दारमाथि हातपात


काठमाडौं –पशुपति मन्दिर परिसरमा नेपाल प्रहरीका पुर्व एआइजीले सशस्त्र प्रहरीका जवानमाथि हातपात गरेका छन् ।

सोमबार विहान पशुपति मन्दिर परिसर भित्र रहेका माग्नेहरु हटाउन पशुपति क्षेत्र विकास कोषले अभियान चलाइरहेको बेला पशुपतिको मुल ढोकाबाहिर मन्दिर दर्शन गर्न पुगेका पुर्व एआइजी विजय भट्टले कोषका कर्मचारी र सशस्त्र प्रहरीका जवानमाथि अभद्र ब्यवहार गरेका हुन् ।

माग्नेहरुलाई त्यहाँबाट हटाउन लागेपछि उनले आपत्ति जनाएका थिए । विवादका क्रममा भट्टले सशस्त्र प्रहरी हवल्दार शालिक राम सुवेदीमाथि हातपात गरेका हुन् ।

सशस्त्र प्रहरीका टोलीले मन्दिर छिरेका भट्टलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement