प्रहरी माथि हातपात गर्ने चार जना पक्राउ

प्रहरी माथि हातपात गर्ने चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रहरमिाथि हातपात गर्ने चार जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका तिनाउखोलाबाट प्रहरीमाथि हातपात गर्ने चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक बिक र १८ वर्षीय सन्दिप बिक रहेका छन् ।

तिलोत्तमा नगरपालिका-४ मगरघाटस्थित तिनाउखोलामा बालुवा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी सो ठाउँमा पुग्दा करिब ५ जनाको समूहमा बसेका व्यक्तिहरुले एक्कासि प्रहरीमाथि हातपात गरी प्रहरीको मोबाइल खोसी भाग्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।