काठमाण्डु – प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत थप २८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको स्वाब संकलन गरि परीक्षण गर्दा थप २८ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।
एसएसपी कडायतले उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् ।
उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया